बृहत् पात्रो प्लेस्टोर बाट डिलिट हुदै ।

 



नमस्कार सबैलाई,
हाम्रो "Brihat Patro" एपको बारेमा एउटा महत्त्वपूर्ण घोषणा छ। धेरै सोचविचार गरेर हामिले यो एपलाई Play Store बाट हटाउने निर्णय गरेको छौ । यो निर्णय सजिलो थिएन, र मैले यसको पछाडिको कारण तपाईंसँग साझा गर्न चाहन्छौ ।
बग समस्याहरू: धेरै प्रयास गरे पनि, एपमा धेरै बगहरू छन् जुन समाधान गर्न गाह्रो भएको छ।
स्वचालित समस्याहरू: पञ्चाङ्ग फिचरलाई स्वचालित (अटोमेटिक) बनाउन धेरै कठिन भएको छ, हामिले कसै गर्दा पनि पञ्चाङ्ग गणना विधि या Api फेला पार्न सकेनौ तेसैले हामिले यस्मा लगातार प्रतेक दिनको पञ्चाङ्ग टइप गरेर राख्नुपर्ने समस्या आयो ।
हाम्रोलागि उपयोगी छैन: एपलाई चलाउन र अपडेट गर्न आवश्यक काम हाम्रो व्यक्तिगत र व्यावसायिक रूपमा उपयोगी भएन ।
कमाई छैन: दु:खको कुरा, हामिले यो एपमा लगाएको आर्थिक लगानि, समय र प्रयासको लागि उपयुक्त खर्च हामिले कमाएनौ उल्टो हामिले गोजिको पैसा तिरेर एप मेन्टेन गर्नुपर्ने भयो र लगानि पनि डुब्यो ।
"Brihat Patro" का सबै प्रयोगकर्ताहरूको समर्थन र प्रतिक्रिया को लागि हामि धेरै आभारी छौ । यो एप बन्द हुँदै गर्दा, हामि नयाँ परियोजनाहरूमा ध्यान केन्द्रित गर्न उत्साहित पनि छौ , जसले सबैलाई र हाम्रो लक्ष्यहरूलाई बढी उपयोगी बनाउन सक्छ ।
तपाईंको समझदारीको लागि धन्यवाद, र थप अपडेटहरूको लागि कृपया यो पेजमा एक्टिभ रहनु होला ।
धन्यवाद,
[बृहत् एप परिवार]