अरुशिक्षा भन्दा संस्कृत शिक्षा उत्कृष्ट ।

 संस्कृत शिक्षाकाे प्रवर्धनमा राज्यकाे ध्यान जानुपर्ने SEE नतिजाले देखाईरहेकाे छ। काठमाडौंको वनकालीस्थित नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयबाट SEE परीक्षामा सहभागी विद्यार्थी मध्येबाट १५ जनाले ३.६५ माथि र बाँकी ९ जनाले ३.६० जिपिए ल्याएर उत्तीर्ण हुन सफल अनि तनहुँको देवघाटमा रहेको महेश संस्कृत गुरुकुलबाट २० जना विद्यार्थी एस.ई.ई परीक्षामा सहभागी हुँदा १९ जनाले ३.६ भन्दा माथि र एक जनाले ३.५५ जिपिए ल्याई देशभर नयाँ सन्देश प्रवाह गरेका छन् । अरुशिक्षा भन्दा संस्कृत शिक्षा उत्कृष्ट ।


जयतु गुरुकुलम् ।
जयतु संस्कृतम् ।